+
+

पुरुष ट्रिपल जम्पमा आर्मीका डिल्लीलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १०:३४

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष ट्रिपल जम्पमा त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालमा बिहीबार बिहान १३.९५ मिटर जम्प गर्दै उनले स्वर्ण जितेका हुन् ।

नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३.५५ मिटर जम्प गरेर रजत जितेका छन् ।

यस्तै बागमती प्रदेशका सुदिप महतोले १३.४४ मिटर जम्प गरेर कांस्य पदक जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?