+
+

दुवाथलनमा पुरुषतर्फ प्रहरी र महिलातर्फ आर्मीलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १२:२८
दुवाथलनमा पुरुषतर्फका पदक विजेता खेलाडी ।

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको दुवाथलनमा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेका छ ।

५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्बुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् ।

आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै कांस्य पदक जित्न सफल भए ।

महिलातर्फ निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले स्वर्ण पदक हात पारिन् ।

महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् ।

आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै कांस्य पदक जित्न सफल भइन् । दुवाथलनमा आर्मी टीम च्याम्पियन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?