+
+

पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १४:१८

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर एपीएफले स्वर्ण जितेको हो ।

तीनै सेटमा कडा प्रतिस्पर्धा भए पनि आर्मीले एक सेट पनि जित्न सकेन । एपीएफले २५-२१, २७-२५ र २६-२४ ले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?