+
+

स्क्वास महिला सिंगल्समा विपनालाई स्वर्ण, पुरुष टिम इभेन्टमा गण्डकी च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:३८

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वास महिला सिंगल्समा बागमती प्रदेशकी विपना ब्लोन च्याम्पियन बनेकी छन् ।

पोखरा रंगशालास्थित स्क्वास कोर्टमा बिहीबार भएको फाइनलमा उनले आफ्नै टिमकी स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हराउँदै स्वर्ण पदक जितेकी हुन् । बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले कांस्य पदक प्राप्त गरेका छन् ।

प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनल खेलमा गण्डकीले बागमतीलाई पराजित गरेको हो ।

गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउँदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए ।

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ र प्रदेश १ लाई हराउँदै लुम्बिनी प्रदेशले कांस्य पदक प्राप्त गरे ।

पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?