+
+
नवौं राष्ट्रिय खेलकुद :

पुरुष फुटबलको स्वर्ण एपीएफलाई, आर्मी सडेन डेथमा शिकार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १७:४६

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको उपाधि एपीएफले जितेको छ ।

प्रतियोगिताको अन्तिम दिन पोखरा रंगशालामा भएको खेलमा टाइब्रेकरमा त्रिभुवन आर्मीलाई  सडेन डेथमा (६-५)  हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

यसअघि निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न सकेनन् र खेलको निर्णय टाइब्रेकरबाट गरियो ।

सुरुमा पाँच पाँच पेनाल्टी प्रहार गर्दा दुवै टिमका चार चार खेलाडीले गोल गरे । जसमा एपीएफका नविन लामा, आभास लामिछाने, सुदिप शिख्राकार र राजु योगीले गोल गरे भने सनिष श्रेष्ठको प्रहार बाहिर गएको थियो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा र विवेक बस्नेतले गोल गरे ।

सेसेहाङ आङदम्बेको प्रहार भने एपीएफका गोलकिपर राजु योगीले बचाए ।

त्यसपछि थप दुई पेनाल्टी प्रहार हुँदा एपीएफका दिपेश धिमाल र मणि लामाले गोल गरे भने आर्मीका विकास खवासले गोल गरे । आर्मीका सुमन अर्यालको प्रहार एपीएफका गोलकिपर राजु योगीले बचाए ।

पुरुष फुटबलको कांस्य पदक भने घरेलु टिम गण्डकीले जितेको छ । बुधबारको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कांस्य जितेको हो ।

नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा ७ प्रदेश सहित ३ विभागीय क्लब र एनआरएनको सहभागिता थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?