+
+

मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १३:२९

६ कात्तिक, काठमाडौं । तिहारका लागि बिक्री गरिने मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरुलाई सचेत गराएको हो ।

‘चाड पर्वमा धेरै बिक्री हुने मिठाइ लगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्न, रङको मात्रा सरकारले तोकेको मापदण्डअनुसार मात्रै प्रयोग गर्न आग्रह गरिन्छ,’ विभागले भनेको छ, ‘अनुगमनका क्रममा अवैधानिक कार्य गरेको पाइए कारबाही गरिने छ ।’

विभागकाअनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेंलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । जसमा रातो ५ प्रकारका, पहेंलो, निलो र हरियो २–२ प्रकारका रङहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?