+
+

आवतजावत अवरोध हुने गरी चुनाव प्रचार नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १५:४३

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक आवागमनमा अवरोध हुने गरी चुनावी प्रचार नगर्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार प्रसारका क्रममा पालना गर्नुपर्ने आचारसंहिता स्मरण गराउँदै आयोगले आवतजावतमा अवरोध नगर्न आग्रह गरेको हो ।

‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने’ आयोगले सामाजिक सञ्जालमार्फत भनेको छ ।

प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा नगराउन पनि आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?