+
+

नेत्रहीन टी२० विश्वकपका लागि नेपाली टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते ८:००

९ कात्तिक, काठमाडौं । आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतमा संचालन हुने तेस्रो  टी२० विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल नेत्रहीन क्रिकेट संघले खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

कात्तिक २ र ३ गते काठमाडौँमा संचालित छनोट प्रतियोगिताबाट बरिष्ठ क्रिकेट प्रशिक्षक अरुण कुमार अर्याल संयोजक, तुम्बरु उप्रेती र नहेन्द्र निरौला सदस्य रहेको ३ सदस्यीय छनोट समितिले अन्तिम १५ खेलाडीहरु छनोट गरेका हुन् ।

उक्त विश्वकपको उद्घाटन भारतको नयाँदिल्लीमा हुनेछ र समापन भारतको बैंगलोरमा हुनेछ |

नेत्रहीन विश्वकपमा नेपालसहित कुल ८ राष्ट्रले  सहभागी जनाउने छन् ।

नेपालले यसअघि सन् २०१७ मा पनि नेत्रहीन टी२० विश्वकप खेलेको थियो ।

नेपाली नेत्रहीन क्रिकेट खेलाडीहरुको विश्वकप सहभागिताका लागि आर्थिक अभाव रहेकोले संघले सहयोगका लागि समेत आग्रह गरेको छ ।

१५ सदस्यीय नेपाली टोली

बी-१ खेलाडीहरुको समूह

१ सागर लामा

२ सुनिल सुबेदी

३ हिम बहादुर खत्री

४ भरत चौलागाईं

५ राधेश्याम चौधरी

बी-२ खेलाडीहरुको समूह

१ सन्त पहरी

२ खिमानन्द गैरे

३ युवराज भण्डारी

४ सुनिल राना मगर

५ प्रेम क्षेत्री

बी-३ खेलाडीहरुको समूह

१ खेमराज सापकोटा

२ सुरेन्द्र कुमार तामाङ

३ नरेश चौधरी

४ सागर चेपाङ

५ शंकर रेग्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?