+
+
प्रधानमन्त्री कप क्रिकेट :

पुलिसविरूद्द सस्तैमा समेटियो प्रदेश-१, ललितले लिए ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १२:०१

१४ कात्तिक, काठमाडौं । बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले ५ विटेक लिएपछि जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा नेपाल पुलिसविरूद्द प्रदेश १ टिम १०२ रनमै समेटिएको छ ।

सोमबार मूलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ लाइ ३५।१ ओभरमा १०२ रनमै अलआउट गर्न ललितले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चेर पाँच विकेट लिए । दीपेन्द्र सिंह ऐरी र सागर ढकालले २-२ विकेट लिए । रशिद खानले १ विकेट लिए ।

प्रदेश १ का लागि ओपनर ब्याटरद्वय निरज मुखिया र अंकित सुवेदीले ५६ रनको साझेदारी गरेका थिए । निरजले ३७ बलमा २९ र अंकितले ३५ बलमा २४ रन बनाए । ११।१ ओभरमा पहिलो विकेट गुमाएको प्रदेश १ ले थप ४६ रन जोड्दा सबै विकेट खेर फाल्यो । उसका लागि विवेक आनन्द मेहताले १७ रन जोड्दा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समूह बी अन्तर्गत पहिलो खेलमा बागमतीमाथि १९२ रनको शानदार जित निकालेको नेपाल पुलिस टिम लगातार दोस्रो जितका लागि जवाफी ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?