+
+

काठमाडौंको न्युरोडमा मृत भेटिए एक पुरुष

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १३:३०

१५ कात्तिक, काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

अन्दाजी ५५/५६ वर्षको पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी छ ।

उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?