+
+

अन्तरिक्षमा नेपालकै स्याटेलाइट स्थापना गर्ने एमालेको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १६:२३

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभा तथा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा एमालेले लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको बताएको छ ।

उक्त अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गरिने एमालेले बताएको छ । ‘ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम बाहिरिनबाट रोकिने छ’ एमालले भनेको छ ।

यसअघि फ्रान्सको कम्पनी थेल्ससँग एमाले नेतृत्वको सरकारले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको थियो । तर, यति आर्थिक चलखेल गर्ने गरी स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र राख्न दुई फ्रान्सेली कम्पनी भित्र्याउन खोजेको खुलेपछि सरकार पछि हटेको थियो ।

सुरक्षण मुद्रणका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एक स्वीस कम्पनीको एजेन्टसँग गरेको ‘डिल’को सम्वाद बाहिरिएपछि करिब २८ अर्ब खर्चिएर अन्तरिक्षमा स्याटेलाइट राख्ने योजना पनि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?