+
+

आरजु राइस मिलले तोक्यो धानको समर्थन मूल्य

दुई दिनमै भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १२:४०

१६ कात्तिक, काठमाडौं । आरजु राइस मिलले धानको समर्थन मूल्य तोकेको छ । बुद्ध एयरको भगिनी कम्पनी आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य १ हजार १०० प्रति मन तोकेको जनाएको छ । जसअनुसार धानमा आर्द्धताको मात्रा १८ प्रतिशत तोकिएको छ ।

कम्पनीका अनुसार मिलमा धान पुर्‍याएको २ दिनभित्रै किसानको बैंक खातामा रकम जम्मा गरिनेछ ।

राइस मिलभित्रै धान तौल गर्ने अत्याधुनिक मेशिन जडान गरिएको जनाएको छ । मेशिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ । आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बिऊ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो ।

आरजु राइस मिल पूर्ण स्वचालित मिल हो । मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’ का मेशिनहरु जडान गरिएका छन् । अबको केही सातापछि मिलले जीरा मसिनो, लङ ग्रेन तथा बासमती चामल नेपाली बजारमा सस्तो दरमा बिक्री वितरण गर्ने योजना बनाएको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?