+
+

राजस्थान पञ्जावसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते ७:००

३ जेठ, काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले  पराजित भएको छ ।

१४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२/२२ र आशुतोष शर्माले १७ रन जोडे ।

राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई/दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर-क्याडमोरले १८/१८ रन बनाए ।

पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुई/दुई, अर्शदिप सिंह र नेथन एलिसले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?