+

मुम्बई इन्डियन्सले कीर्तिमानी ३००औं टी-२० खेल खेल्दै

२०८२ चैत  १५ गते १५:३३ २०८२ चैत १५ गते १५:३३
मुम्बई इन्डियन्सले कीर्तिमानी ३००औं टी-२० खेल खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई इन्डियन्सले आईपीएलमा ३००औं टी-२० खेल आइतबार वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्ध खेल्नेछ ।
  • मुम्बई इन्डियन्स आईपीएल सुरु भएयता निरन्तर सहभागी हुँदै ५ पटक उपाधि जितिसकेको टोली हो ।
  • हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईमा रोहित शर्मा र सूर्यकुमार यादवजस्ता खेलाडी छन् ।

१५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सले कीर्तिमानी ३००औं टी-२० खेल आज खेल्दैछ ।

मुम्बईले आफ्नो ३००औं टी-२० खेलको रूपमा आइतबार साँझ वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्ध खेल्नेछ । योसँगै मुम्बई ३००औं खेल खेल्ने पहिलो फ्रेन्चाइज टोली बन्नेछ ।

सन् २००८ मा आईपीएल सुरु भएयता मुम्बई इन्डियन्स निरन्तर सहभागी हुँदै आएको टोली हो । मुम्बई इन्डियन्सले हालसम्म ५ पटक आईपीएलको उपाधि जितिसकेको छ ।

मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको थियो । त्यसयता मुम्बईले उपाधि जित्न सकेको छैन ।

हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईमा भारतको कप्तानी गरिसकेका रोहित शर्मा र सूर्यकुमार यादवसहितका खेलाडी छन् ।

फ्रेन्चाइजबाहेक पाकिस्तान राष्ट्रिय क्रिकेट टोली र समरसेट काउन्टी क्रिकेट क्लबले ३०० बढी टी–२० खेल खेलिसकेका छन् ।

आईपीएलको अर्काे टोली रोयल च्यालेन्जर्स बेंगलुरु पनि ३०० खेल नजिक छ ।

आईपीएल आईपीएल २०२६ मुम्बई इन्डियन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय