+

पीएसएल छाडेर आईपीएल रोजेपछि ब्लेसिङलाई दुई वर्षको प्रतिबन्ध

२०८३ वैशाख  १ गते १५:०३ २०८३ वैशाख १ गते १५:०३
पीएसएल छाडेर आईपीएल रोजेपछि ब्लेसिङलाई दुई वर्षको प्रतिबन्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिम्बाबेका पेस बलर ब्लेसिङ मुजराबानीलाई पाकिस्तान सुपर लिग छाडेर आईपीएलमा जान सम्झौता तोडेको कारण २ वर्षको प्रतिबन्ध लगाइएको छ।
  • पीएसएलले उनलाई अनुशासनहीन कदम भन्दै कडा कारबाही गरेको र यस्तो घटनामा अन्य खेलाडीमाथि पनि कारबाही हुन सक्ने संकेत गरेको छ।
  • मुजराबानी हाल आईपीएलमा कोलकाता नाइट राइडर्सबाट खेलिरहेका छन् र सनराइजर्स हैदराबादविरुद्धको खेलमा ४ विकेट लिएका छन्।

१ वैशाख, काठमाडौं । जिम्बाबेका पेस बलर ब्लेसिङ मुजराबानीलाई पाकिस्तान सुपर लिग (पीएसएल) छाडेर इन्डियन प्रिमियर लिग (आईपीएल) मा जान सम्झौता तोडेको कारण २ वर्षको प्रतिबन्ध लगाइएको छ।

उनी सुरुमा आईपीएल र पीएसएल दुवैको अक्सनमा अनसोल्ड भएका थिए । यद्यपी पछि उनलाई पीएसएलमा इस्लामाबाद युनाइटेडले प्रतिस्थापन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो ।

त्यसको केही समयमा उनले उक्त सम्झौता छोडेर कोलकाता नाइट राइडर्सबाट आईपीएल खेल्न रोजेका थिए । पीएसएलले यसलाई अनुशासनहीन कदम भन्दै कडा कारबाही गरेको हो ।

पहिले गरिएको सम्झौता हुँदाहुँदै अर्को लिगमा जानु पेशागत नियमको उल्लंघन भएको पीएसएलको ठहर छ ।

मुजराबानी हाल आईपीएलमा कोलकाता नाइट राइडर्सबाट खेलिरहेका छन् र उनले सनराइजर्स हैदराबादविरुद्धको खेलमा ४ विकेट पनि लिएका थिए।

पीएसएलले यस्तै प्रकृतिका घटनामा अन्य खेलाडीमाथि पनि कारबाही हुन सक्ने संकेत गरेको छ ।

आईपीएल पीएसएल ब्लेसिङ मुजराबानी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय