+
+

अफगानिस्तानको कप्तानबाट हटे नावी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते २०:०३

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले टी-२० टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

सुपर १२ अन्तर्गत समूह ए को अन्तिम खेलमा अफगानिस्तान अष्ट्रेलियासँग ४ रनले पराजित भएको थियो ।

कप्तानी छाडे पनि उनले अफगानिस्तानका लागि खेल्न नछाड्ने बताएका छन् । हारपछि विज्ञप्ति निकालेर नावीले भनेका छन्, ‘तत्काल लागु हुने गरी मैंले कप्तान छाडेको छु, टिम र व्यवस्थापनलाई मेरो आवश्यकता परेमा मैले राष्ट्रका लागि निरन्तर खेल्ने छु ।

सुपर १२ मा ३ खेल हारेको अफगानिस्तानले २ वटा खेलमा भने वर्षाका कारण अंक बाँडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?