+
+

हालान्डले इन्जुरी टाइममा गोल गरेपछि सिटी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते ७:०१

२० कात्तिक, काठमाडौं । एर्लिन हालान्डले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि म्यानचेष्टर सिटिले प्रिमियर लिगमा शनिबार राति फुलहमलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफको आधा घण्टा भित्रै दश खेलाडी समेटिएको सिटीका लागि हालान्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै पेनाल्टीमार्फत विजयी गोल गरेकम हुन् ।

त्यसअघि १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा सिटीकालाई अर्को झढ्का लाग्यो । डिफेन्डर जोआ कान्सेलो रातो कार्ड पाउँदै मैदान बाहिरिए भने फुलहमले पेनाल्टी पायो ।

कान्सेलोले पेनाल्टी एरियमा फुलहमका ह्यारी विल्सनला लडाएपछि फुलहमले पेनाल्टीको अवसर पाएको थियो भने रेफ्रिले कान्सेलोलाई रातो कार्ड देखाए । फुलहकका आन्द्रेस पेरीराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

एक खेल कम भएपछि सिटी दबाबमा परेको थियो । ६४औं मिनेटमा गोलकर्ता अल्भारेजको स्थानमा सिटीले हालान्डलाई मैदान पठाएको थियो । हालान्डले ७४ औं मिनेटमा गोल गरेपनि भीएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमायो ।

तर इन्जुरी टाइमको पाँचौ मिनेटमा सिटीले पेनाल्टी पायो र हालान्डले त्यसलाई गोलमा परिणत गर्दै सिटीलाई रोमाञ्चक जित दिलाए ।

जितपछि १३ खेलबाट ३२ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल ३१ अंकसहित दोस्रो स्थानमा छ । आर्सनलले आइतबार लण्डन डर्बीमा चेल्सीसँग खेल्दैछ ।

अर्को खेलमा ब्राइटनले उल्भ्सलाई ३-२ ले, लिड्सले बर्नमाउथलाई ४-३ ले लेस्टर सिटीले एभरटनलाई २-० ले पराजित गरेको छ । ब्राइटन छैटौं, लिड्स १२औं र लेस्टर १३औं स्थानमा उक्लेको छ । ब्रेन्टफोर्ड र नटिङघम फरेस्टले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?