+
+

लघुकथा समाजको अध्यक्षमा गोपाल अस्क

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १३:४२

काठमाडौं । लघुकथा समाज नेपालको अध्यक्षमा गोपाल अस्क निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औं साधारणसभाले अस्कलाई अध्यक्षमा चयन गरेको हो ।

समाजको उपाध्यक्षमा तुलसीहरि कोइराला, महासचिवमा सुमन सौरभ, कोषाध्यक्षमा छविरमण सिलवाल र सचिवमा श्रीबाबु कार्की चयन भएका छन् । यस्तै कार्यकारी सदस्यहरूमा  सिन्धु गौतम, सुषमा मानन्धर, नवराज रिजाल, राजेश खनाल, रामकुमार पण्डित तथा तारा केसी रहेका छन् ।

लघुकथा विधालाई स्थापित गर्न र यो विधाको प्रवर्द्धनका लागि २०६४ सालमा स्थापित लघुकथा समाजले १५ वर्षमा लघुकथाको सिध्दान्तको पुस्तक प्रकाशित गरेको छ ।

समाजले वार्षिक पमा लघुकथा पत्रिका समेत प्रकाशन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?