+
+

विश्वकपका लागि अष्ट्रेलियाको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ११:५२

२२ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले मंगलबार विश्वजकपका लागि २६ खेलाडीको नाम घोषणा गरेका हुन् । जसमा केही अनुभवी खेलाडीहरु अटाएनन् ।

अनुभवी खेलाडीहरु गोलकपर मिच लान्गेरक, डिफेण्डर ट्रेन्ट साइन्स्बरी, मिडफिल्डर टम रोजिक र स्ट्राइकर एडम टागार्ट टिममा परेनन् ।

अष्ट्रेलियाका लागि एक एक खेल खेलेका गाराङ्ग कुओल, जासोन कमिङ्स, क्यामरुन डेभलन र किएनु बाक्कुस र चार खेल खेलेका गोलकिपर ड्यान्नी भुकोभि भने विश्वकप खेल्ने टिममा परेका छन् ।

विश्वकपमा अष्ट्रेलिया समूह ‘डी’ मा छ । यस समूहमा साविक विजेता फ्रान्ससँगै डेनमार्क र ट्युनिसिया पनि छन् ।

अष्ट्रेलियाले पहिलो खेल नोभेम्बर २२ मा फ्रान्ससँग खेल्नेछ ।

अष्ट्रेलियाली टिम

गोलकिपर: म्याट राएन, आन्द्रे रेडमायन, ड्यानी भुकोभिक

डिफेण्डर: नाथनियल एट्किन्सन, फ्रान कारासिस, काए रोवलेस, ह्यारी सुटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, अजिज बेहिच, जोएल किंग

मिडफिल्डर: आरोन मुए, एजडिन ह्रुस्टिक, ज्याक्सन इर्भिन, क्यामरुन डेभलिन, रिले म्याग्री, क्रेग गुडविन, किएनु बाक्कुस

फरवार्ड: जेमी म्याकलरेन, जासोन कमिङ्स, मिच डुक, गाराङ्ग कुओल, म्याथ्यु लेकी, अवेर मबिल, मार्टिन बोएल

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?