+
+

पर्सा-४ का कांग्रेस उम्मेदवार रिजाललाई आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १२:३०

२२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई स्ष्टीकरण सोधेको छ ।

उनले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आयोगले २४ घण्टाभित्र प्रष्टीकरण दिन भनेको छ ।

आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको भनी आयोगमा उजुरी परेको थियो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन२०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाकधम्की वा डरत्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

आयोगले उम्मेदवार रिजाललाई कार्कीलाई किन धम्की दिएको भन्दै त्यसविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनुपर्ने हो भनेर सोधेकव छ । आयोगको स्पष्टीकरणमा यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई किन कारबाही हुनु नपर्ने हो भनी सोधेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?