+
+

एसियालीमाथिको आक्रमणविरुद्ध उभिएकोमा प्रबल गुरुङको फेसन लेभललाई अमेरिकी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १६:०४

काठमाडौं । नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङको फेसन लेभल ‘हाउस अफ स्ले’लाई अमेरिकी फेसन डिजाइनर्सको छाता संस्था (सीएफडीए)ले ‘पोजेटिभ सोसल इन्फ्लुएन्स अवार्ड’ प्रदान गरेको छ ।

गुरुङको नेतृत्वमा एसियाली मूलका हलिउड फेसन डिजाइनरहरु लाउरा किम, फिलिप लाम, टिना ल्युङ र एजरा विलियमले उक्त लेभल स्थापना गरेका थिए ।

जसले हालैका वर्षमा अमेरिकामा भएका एसियाली मूलका बासिन्दामाथिको घृणात्मक आक्रमणविरुद्ध अभियान चलाएको थियो । प्रबल लगायतका फेसन डिजाइनरहरु एसियालीमाथिको आक्रमणविरुद्ध उभिएका थिए ।

न्युयोर्कको म्यानहटनमा सोमबार आयोजित भव्य कार्यक्रममा द काउन्सिल अफ फेसन डिजाइनर्स अफ अमेरिकाले फेसनका विभिन्न विधामा अवार्ड वितरण गरेको थियो । संस्थाको ६० औं वर्षगाँठमा वितरित अवार्डमा वातावरणीय दिगोपन अवार्ड संयुक्त राष्ट्रसंघ, इनोभेसन अवार्ड किम कार्दसियन लगायतलाई प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?