+
+

प्रधानमन्त्री कपको दुवै सेमिफाइनल त्रिवि मैदानमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:३३

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाअनुसार सेमिफाइनल दुई खेल कात्तिक २४ गते एकै दिन फरक मैदानमा हुने थियो ।

तर, मूलपानी मैदानमा हुने दोस्रो सेमिफाइनल खेल त्रिवि मैदानमा सार्दै एक दिन पछि खेलाइने क्यानले मंगलबार जनाएको छ । यसअघि मूलपानीमा तय भएको खेल अब कात्तिक २५ गते त्रिविमैदानमा हुनेछ ।

मूलपानी मैदानमा समूह चरणका खेलहरु खेलाइएको थियो । तर, मूलपानी विकेटमा सहभागी टिमका खेलाडीले नै असन्तुष्टि जनाइरहेका थिए । दोस्रो सेमिफाइनलमा दुई विधागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

त्यसअघि नेपाल एपीएफ क्लब र मधेश प्रदेशबीच कात्तिक २४ गते त्रिवि मैदानमा पहिलो सेमिफाइनल हुनेछ ।

फाइनल खेल यसअघि कै तालिका अनुसार कात्तिक २६ गते हुनेछ । कात्तिक २५ गते सेमिफाइनल खेल्ने विजेताले लगातार अर्को दिन फाइनल खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?