+
+

विश्वकपका लागि स्विट्जरल्याण्डको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ८:३०

२४ कात्तिक काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु फिफा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टोली घोषणा गरेको छ ।

स्विट्जरल्याण्डले अनुभवी खेलाडीहरु ग्रान्ट जाका र जेर्दान शिकरीलाई समेट्दै बुधबार २६ सदस्यीय टोली घोषणा गरेको हो ।

विश्वकपमा स्विट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ ।

स्विट्जरल्याण्डले नोभेम्बर २४ मा क्यामरुनसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

स्वीट्जरल्याण्डको टिम

गोलकिपर : ग्रेगोर, कोबेल, फिलिप कोन, यान सोमेर, जोनास ओमलिन

डिफेण्डर : मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, फिबयन सार, सिल्भान विडमर

मिडफिल्डर : माइकल अबिस्केर, एडिमिल्सन पर्नान्डेज, फिबयन फ्रेई, रेमो फ्रुएलर, अर्डोन जाशारी, नोह ओकाफोर, फाबियन रेइडर, जेर्दान शिकरी, डिजिब्रिल सो, रेनाटो स्टेफेन, ग्रान्ट जाका, डेनिस जाकारिया

फरवार्ड : ब्रिल एम्बोलो, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?