+
+

‘उचाइ’ फिल्मलाई नेपालमा कर छुट दिन माग, मुम्बईमा गरियो प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १३:१२

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को रेडकार्पेट प्रिमियर बुधबार बेलुका मुम्बईमा सम्पन्न भएको छ । विशेष शोमा बलिउड स्टारहरु उपस्थित रहे । अनुपम खेरले फिल्मको विशेष शो राखे, जसमा फिल्मका कलाकारसहित सलमान खान, अक्षयकुमार, कंगना रनौत, जया बच्चन, भाग्यश्री, टाइगर श्राफ लगायत सहभागी रहे ।

शोमा जया बच्चनले सामुन्ने उभिएकी अभिनेत्री कंगनालाई बेवास्ता गरेर अघि बढेको कुराले चर्चा पाएको छ । कंगनाले नमस्कार गर्दा पनि जयाले इग्नोर गरेकी थिइन् ।

निर्देशक सुरज वर्जत्यको हात समातेर सलमान खान हिंडेको दृश्यले पनि चर्चा पायो । निर्माण कम्पनी राजश्री प्रोडक्सनकै ब्यानरबाट अनुपम खेर र सलमान खानले करिअर स्थापित गरेका हुन् ।

अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी डेनजोङ्पा लगायतको अभिनय रहेको फिल्म उचाइको अधिकांश छायांकन नेपालमा गरिएको हो । नेपालमा समेत यो फिल्म शुक्रबारदेखि प्रदर्शन हुँदैछ ।

सुशान्तकुमार श्रेष्ठ लगायत केही नेपाली फिल्म निर्माता तथा कलाकारले उचाइलाई नेपाली फिल्म सरह मानेर कर छुट दिन माग गरेका छन् ।

अधिकांश छायांकन नेपालमा भएको, नेपाली प्राविधिक र कलाकार संलग्न रहेको, नेपाली भाषा पनि समेटिएको र डेनीजस्ता नेपालीभाषी पनि संलग्न भएकाले उचाइलाई सहुलियत दिनुपर्ने माग उनले राखेका छन् ।

झण्डै एक महिनासम्म नेपालमा रहेर छायांकन गरिएको फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने आशा लिइएको छ । नेपालमा सुटिङ गर्दा २० करोडभन्दा बढी खर्च भएको फिल्ममा संलग्न प्राविधिकले जनाएका छन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?