+
+

गोविन्द केसीले मागे गगन थापालाई भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १८:५७

२४ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन् ।

एक भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन् । ‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ केसीले भनेका छन्, ‘गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ ।’

आफ्नो विवेकमा उभिएर बोल्ने र त्यसमै अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?