+
+

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने– उहाँ योग्य र स्वच्छ हुनुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १०:२८

२५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको बताए ।

बाबुरामले भने, ‘उहाँ (प्रकाशमान सिंह) आफैं स्वच्छ छवीको व्यक्तित्व हुनुहुन्छ, त्यसैले उहाँले जित्नुपर्छ । त्यसो भएको हुनाले उहाँको पक्षमा मत माग्न आएको हुँ ।’ प्रकाशमानसँग आफ्नो पहिलेदेखि नै पारिवारीक सम्बन्ध पनि रहेको बाबुरामले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको निर्वाचन विशिष्ट भएकाले आफूहरुले प्रतिगमनकारीविरुद्ध गठबन्धन गरेको बताए । ‘सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरु विरुद्ध, हाम्रो अग्रगमन शक्तिहरुको गठबन्धन हो यो, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह योग्य व्यक्ति पनि हुनुहुन्छ,’ बाबुरामले भने ।

उनले अहिलेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने र त्यसमै टेकेर सुशासन र समृद्धि आउने बताए ।

प्रकाशमानको चुनाव प्रचार घरदैलो कार्यक्रममा सत्ता गठबन्धनको अर्को एक घटक नेकपा माओवादी केन्द्रका नेता अनिल शर्मा पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?