
२५ कात्तिक, काठमाडौं । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनलमा दीपेन्द्रले प्रतियोगिताको आफ्नो दोस्रो शतक पूरा गरेका हुन् ।
उनले १०७ बलमा ९ चौका र ३ छक्कासहित शतक पूरा गरेका हुने । चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले आरिफ शेखसँग १५० रनभन्दा बढीको साझेदारी गरिसकेका छन् । पाँच ओभरको खेल बाँकी रहँदा दीपेन्द्र १२० र आरिफ ५१ रन बनाएर खेलिरहेका छन् ।
यी दुईको लामो साझेदारीले टस हारेर ब्याटिङ गरेको पुलिस ठूलो योगफलतर्फ अग्रसर छ । ४५ ओभरको खेल सकिँदा पुलिसले ३ विकेट गुमाएर २३५ रन बनाएको छ । यसअघि ओपनर कुशल भुर्तेलले ३१, सुनील धमलाले १३ र अमित श्रेष्ठले १० रन बनाएर आउट भए ।
प्रतियोगितामा दीपेन्द्रको दोस्रो शतक हो । यसअघि समूह चरणमा वागमती प्रदेशविरुद्ध ८२ बलमा १०८ रनको शतकीय पारी खेलेका थिए ।
दीपेन्द्रले प्रतियोगितामा अहिलेसम्म २ शतक र १ अर्धशतक बनाएका छन् । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4