+
+

ट्वीटर कर्मचारीलाई एलन मस्कको पहिलो इमेल, भने : गुलिया कुरा गरेर काम छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १४:३१

काठमाडौं । ट्वीटर कम्पनी खरीद गरेको दुई हप्तापछि कम्पनीका नयाँ मालिक एलन मस्कले आफ्ना कर्मचारीहरुलाई पहिलो इमेल पठाएका छन् । उक्त इमेलसँगै उनले मस्कले कोभिड महामारीसँगै सुरु भएको घरबाटै काम गर्न पाउने सुविधा अर्थात् रिमोट वर्किङ अन्त्य गरेका छन् ।

अब मस्कले व्यक्तिगत रुपमा स्वीकृति नदिएसम्म कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्नमा बन्देज लागेको छ । साथै मस्कले कमजोर आर्थिक अवस्था उल्लेख गर्दै कर्मचारीहरुलाई आगामी दिनमा कठीन समयका लागि तयार हुन पनि आग्रह गरेका छन् ।

ब्लुम्बर्गले प्रकाशित गरेको समाचार अनुसार कर्मचारीलाई पठाएको इमेलमा मस्कले आर्थिक चुनौतीका बारेमा गुलिया कुरा गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।

अबको बाटो निकै कठीन रहेको भन्दै मस्कले सफलताका लागि कठीन मेहेनत आवश्यक रहेको उल्लेख गरेका छन् । आगामी केही दिनका लागि कम्पनीको सबैभन्दा पहिलो प्राथमिकता प्रमाणित बोट्स, ट्रोल्स तथा स्पामलाई पत्ता लगाएर हटाउनु भएको उनको भनाई छ ।

स्मरण रहोस् कोभिड महामारी सँगै ट्वीटरले आफ्ना कर्मचारीलाई स्थायी रुपमै कार्यालय नआई घर वा जुनसुकै ठाउँमा काम गर्नसक्ने नियम बनाएको थियो । तर मस्कले भने सुरुवात देखि नै आफु कार्यालयबाट टाढा रहेर अनलाइनमा काम गर्ने कुराको विपक्षमा रहेको बताउँदै आएका छन् ।

हालै ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि मासिक ८ डलर शुल्क लाग्ने नियम लागू गरेका मस्कले अब ट्वीटरको आम्दानीको आधा हिस्सा यहीँ शुल्कबाट उठोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?