+
+

बस सेवाले कलंकीमा सञ्चालनमा ल्यायो यात्रु प्रतिक्षालय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १७:२०

काठमाडौं । नेपालमा अनलाइनमार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीमा अत्याधुनिक प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ । सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी नेपालमै पहिलो पटक यस किसिमको लाउञ्ज निर्माण गरिएको हो । यात्रुलाई आफू जाने बस कुर्न कुनै किसिमको झन्झट नहोस् भन्ने उदेश्यले बस सेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । शुक्रबार चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले लाउञ्जको उद्घाटन गरे ।

लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निःशुल्क खानेपानी र चिया तथा कफीको व्यवस्था मिलाइएकोे छ । लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रुले समेत प्रयोग गर्न सक्नेछन् । लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता हटेको कम्पनीले जनाएको छ ।

लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहज हुने बताए । ‘सार्वजनिक यातायातमा हिंड्ने यात्रुलाई लक्षित गरी बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन,’ उनले भने, ‘बससेवाले दिएको सुविधाले यात्रु र यातायात व्यवसायीलाई सहज बनाउनेछ ।’

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी)अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउने र सडक सुरक्षामा समेत ठूलो भूमिका हुने बताए । पछिल्ला दिनमा फुटपाथमा हिड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको उदाहरण दिँदै उनले यात्रुको सुरक्षामा समेत लाउञ्जको ठूलो भूमिका हुने बताए ।

बससेवा डटकमका सीईओ पीआर खनालले सुरूदेखि नै आम यात्रुलाई सहज हुने खालका सेवा प्रदान गर्दै आएको बताए । बस सेवाबाट नेपालका अधिकांश रूटका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाइल मार्फत टिकट काटी इ–सेवा, खल्ती, आईएमईपेलगायत वालेटका साथै हरेक बैंकको मोबाइल र्बैकिङमार्फत समेत टिकट काट्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?