+
+

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते ९:४९

२६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डबाट आज बिहान काठमाडौं फर्किएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गरे ।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा ८–१० नोभेम्बरमा आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्याण्ड प्रस्थान गरेकी थिइन् ।

सो सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लुपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?