+
+
Shares

राष्ट्रपति भण्डारी डब्लूपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ११:४५

२४ कात्तिक, काठमाडौं । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर (डब्लूपीएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्रेलब्लेजर अवार्डबाट सम्मान गरेको छ ।

आइसल्याण्डमा आयोजित रेक्साभिक ग्लोबल फोरममा राष्ट्रपति भण्डारीलाई सम्मान गरिएको हो । सो सम्मेलनमा भाग लिन उनी गत सोमबार आइसल्याण्ड गएकी थिइन् । उनले सम्मेलनलाई सम्बोधन पनि गरिन् ।

राष्ट्रपति भण्डारीसँग विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट समेत गरेका छन् । राष्ट्रपति भण्डारीसँग आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषदका अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैंगिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

त्यसैगरी राष्ट्रपति भण्डारीसमक्षम ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसदका पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषदका महासचिव लाउरा लिजउड र युएन वुमनका कार्यकारी निर्देशक सीमा बाहोसले पनि शिष्टाचार भेट गरेकी थिइन् । सम्मेलनका क्रमममा नै राष्ट्रपति भण्डारीसँग आइसल्याण्डबाट सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेका महिलाहरुले पनि भेट गरे ।

यसैगरी आइसल्याण्डमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्रपति भण्डारीले सम्बोधन पनि गरेको उनका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?