+
+

सोवितालाई भोट माग्दै अभिनेत्री वर्षा सिवाकोटीले दिइन् घण्टी उपहार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १८:२९

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमको पक्षमा उनी खुलेकी छन् ।

शनिबार वर्षाले सोविताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोवितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको  राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह समेत हो ।

वर्षाले सोवितालाई मतदान गर्न आग्रह गर्दै सक्षम र युवा नेतृत्वले जित्नु आवश्यक समेत रहेको बताइन् । उक्त अवसरमा सोविताले वर्षालाई माला समेत लगाइदिइन् । यतिबेला कलाकारहरु आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा खुलिरहेका छन् । मोडल उषा उप्रेतीले पनि सोवितालाई भोट माग्दै सघाएकी छन् ।

ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार डा. तोसिमा कार्कीलाई महापुरुष फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ लगायतले पनि चुनावी कार्यक्रममै पुगेर भोट मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?