+
+

वर्षा र उषापछि रास्वपा उम्मेदवार गौतमलाई भोट माग्दै मोडल रेश्मा घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १३:४४

काठमाडौं । मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा खुलेकी छन् ।

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी गौतमको चुनावी घरदैलोमा मोडल घिमिरेले पनि सहभागिता जनाएकी हुन् ।

पेप्सीकोलाको घरदैलोमा उनले सोविताको पक्षमा भोट समेत मागिन् । ‘नेपाल आइडल’की होस्ट रहेकी रेश्मा म्युजिक भिडियोमा चर्चित मोडल समेत हुन् ।

शनिबार अभिनेत्री वर्षा सिवाकोटीले पनि सोविताको पक्षमा भोट मागेकी थिइन् । त्यसअघि मोडल उषा उप्रेती पनि सोविताको पक्षमा खुलेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?