+
+

नेप्से ६.५९ अंकले घट्दा कारोबार रकम अर्ब नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १५:२६

२९ कात्तिक, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६.३८ अंकमा बन्द भएको छ ।

मंगलबार बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । सोमबार करिब ९५ करोडको कारोबार भएको बजारमा मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ४३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ९ कम्पनीको भने स्थिर छ ।

मंगलबार कारोबार भएकामध्ये सूचीकृत कम्पनीमा पञ्चकन्यामाई हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक २.९३ प्रतिशतले वृद्धि हुँदा युनिलिभर नेपालको सेयर मूल्य २.०८ प्रतिशतले बढेको छ ।

सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ४.५८ प्रतिशतले वृद्धि हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाइ मूल्य २.५६ प्रतिशत र लक्ष्मी इक्विटी फण्डको इकाइ मूल्य २.१२ प्रतिशतले बढेको छ ।

तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले गिरावट हुँदा सिक्लेस हाइड्रोपावरको ८.४२ प्रतिशत र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ६.२१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?