+
+

आजको जितले हौसला बढेको छ : रोहित पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १८:३४
आरिफ शेख र गुल्सन झा । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले युएईसँगको एकदिवसीय सिरिजमा आजको जितले टिमको हौसला बढेको बताएका छन् ।

युएईलाई ३ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि उनले पत्रकारसित भने, ‘आजको जितले निकै हौसला बढेको छ ।’

नेपालले पावरप्लेमा सोचेको जस्तो बलिङ गर्न नसक्दा पावरप्लेमा धेरै रन खाएको उनले बताए । ‘हाम्रो १० ओभरसम्म सोचेको जस्तो बलिङ भएन । जसले गर्दा धेरै रन खान पुग्यौ त्यसपछि सबै बलरहरुले राम्रो गर्नु भयो ।’

उनले आरिफ शेखको खेलको तारिफ पनि गरे । ‘आरिफ दाइले राम्रो खेल्नु भयो,’ उनले भने, ‘उहाँको यस्तो खेल हामीले धेरै पटक देखेका छौं ।’

तिव्र गतिका बलर गुल्सन झाको आक्रमक ईनिङ्सको पनि रोहितले खुलेर तारिफ गरे । ‘गुल्सन तिव्र गतिका बलर हुन्, तर आजको ब्याटिङ हेर्दा उसलाई अलराउन्डर भन्न मिल्ने भयो ।’गुल्सनले ३३ र आरिफले नट आउट ३३ रन बनाएका थिए ।

नेपालको ओपनिङमा समस्या रहेको रोहितले बताए । अघिल्लो ४ जना ब्याटरले टिकेर खेल्न सकेका छैनन् । अगाडीका ब्याटर नचल्दा पछिका ब्याटर लाई गाह्रो भएको रोहितले बताएका छन् ।

कुशलले पनि आज अलाउन्डरको रोल देखाए । उनले लेग स्पिन गरेर आज १ विकेट लिए भने ब्याटिङमा ३५ रन बनाए । ‘कुशल दाइलाई हामीले जुन रोलमा जहाँ चाहिन्छ त्यहाँ प्रयोग गर्ने गरेका छौं । उहाँले बलिङमा पनि राम्रो हात घुमाउनु हुन्छ । नेटमा देखिरहेका हौं । राम्रो गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?