+
+

ल्याप्टप स्लो भयो ? यी उपाय अपनाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १२:५३

पुरानो हुँदै जाँदा ल्याप्टप जस्ता ग्याजेटको स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहीँ हाम्रो सानो गल्ती तथा अज्ञानताले पनि ल्याप्टप सुस्त भएको हुनसक्दछ ।

केही सरल काइदा अपनाउनुभयो भने तपाईंले घरमै बसेर ल्याप्टपको स्पीड बढाउन सक्नुहुन्छ । केही टिप्स यस्ता छन् :

  • ल्याप्टपमा जम्मा भएका क्याचे डाटालाई सधैं सफा गरिरहनु पर्दछ । यस्ता अनावश्यक डाटाले प्रोसेसरमा दबाब पारेको हुन्छ र स्पेस पनि ओगट्छ ।
  • यदि तपाईंको ल्याप्टपमा धेरै र्‍याम छैन भने धेरै क्षमताका गेमहरु डाउनलोड गर्ने तथा खेल्ने नगर्नुहोस् । यसो गर्नाले ल्याप्टपको स्पीड कम हुन्छ ।
  • काम सकिएपछि ल्याप्टपलाई बन्द गर्दा सधैं सट डाउन गरेरै बन्द गर्नुहोस् । सिधै पावर बटन थिचेर ल्याप्टप बन्द गर्नु हुँदैन । यसो गर्दा ल्याप्टपको प्रोसेसरमा दबाब पर्दछ र पछि ल्याप्टपको स्पीड कम हुन सक्दछ ।
  • ल्याप्टपमा सधै यसको ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । बजारमा पाइने कमसल चार्जर प्रयोग गर्नु हुँदैन । कमसल चार्जर ल्याप्टपको प्रोसेसरमा असर पूराउँछ र त्यसले ल्याप्टपको स्पीड कम हुन्छ ।
  • ल्याप्टपलाई सधैं टेबल वा यस्तै समतल सतहमा राखेर प्रयोग गर्नुहोस् । यसो गर्दा ल्याप्टपको ताप सही तरिकाले प्रवाहित हुन्छ र प्रोसेसरमा दबाब पर्दैन । यी उल्लेखित टिप्स अपनाउनुभयो भने ल्याप्टपको स्पीड स्लो हुनबाट केही हदसम्म रोकेर स्पीड बढाउन मद्दत पुग्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?