+
+

जुम्लामा कांग्रेसले ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:११

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुम्लामा कांग्रेसले राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीलाइ भोट हाल्ने दाबी गरेका छन् ।

‘जुम्लामा माओवादीको मान्छेलाइ साझा उम्मेदवार बनाएको छ गठबन्धनले । कांग्रेसले राप्रपाको ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ लुकेर’ बिहीबार झापाको मेचिनगर नगरपालिका स्थित इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ।

एमालेलाई राप्रपासँग गठबन्धन गरेको भनी हुने गरेको आरोपलाई चिर्ने प्रयास गर्दै ओलीले थपे, ‘हामी त खुलेआम यहाँ (झापा-१ मा) सविना बजगाईं (राप्रपाबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट उम्मेदवार) लाई प्रदेशमा उठाएका छौं । खुलेआम भोट हाल्छौं लुकेर होइन । उहाँहरु बेइमानी गरेर भोट हाल्दै हुनुहुन्छ हामी इमानका साथ खुलेआम भोट हाल्दैछौं ।’

जुम्लामा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौत्तम कुँवर उम्मेदवार छन् । एमालेबाट रतननाथ योगी र राप्रपाबाट शाही उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?