+
+

केपी ओलीका लागि तयार गरिएको २०० किलोको माला विष्णु पौडेलको गलामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ११:४०

२० फागुन, जनकपुरधाम । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ ।

एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् ।

जनकपुरधाम उपमहानगर कमिटीले तयार गरिएको उक्त माला खासमा अध्यक्ष केपी शर्मा ओलीका लागि थियो । ओली नआएपछि विष्णु पौडेललाई नै लगाइएको हो ।

आज धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो । तर, ओली आउने कार्यक्रम स्थगित भयो र उनको स्थानमा उपाध्यक्ष विष्णु पौडेल आएपछि उनलाई नै सो मालाले स्वागत गरिएको हो ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवका अनुसार अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थिति अनुसार स्थगित भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?