+
+

नेपालगन्ज म्याराथनको पुरस्कार राशी बढाइयो, विजेताले डेढ लाख पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:२४

१ मंसिर, काठमाडाैं । नेपालको शीर्ष म्याराथन प्रतियोगितामध्येको नेपालगन्ज म्याराथनको आसन्न संस्करणका लागि पुरस्कार रकममा बृद्धि गरेको छ ।

आयोजक क्रियटिभ ह्याण्ड्सले विहीबार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जनाएको छ । अघिल्लो संस्करणका विजेताले १ लाख १० हजार पुरस्कार पाएका थिए ।

एशोसिएसन अफ इन्टरनेसनल म्याराथन्स एण्ड डिस्टेन्स रेसस (एम्स)ले मान्यता दिएको आधिकारिक रुटमा आयोजना हुन लागेको नेपालगन्ज म्याराथन एम्सको वार्षिक क्यालेण्डरमा उल्लेख भएको नेपालको एकमात्र म्याराथन प्रतियोगिता हो ।

म्याराथनको आठौं संस्करण मंसिर २४ गते आयोजना हुँदैछ । हरेक वर्ष मंसिर पहिलो साताको शनिबार आयोजना हुने म्याराथन यसपल्ट चुनावका कारण सारिएको हो ।

नेपालगन्ज म्याराथनमा शीर्ष ८ धावकले नगद पुरस्कार पाउँदै आएका छन् । उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँचौंदेखि आठौंस्थानमा आउनेले क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

महिला हाफ म्याराथनमा पनि पुरस्कार बढाएर विजेताका लागि ६० हजार बनाइएको छ । यसअघि विजेताले ५५ हजार पाएका थिए । महिला हाफम म्याराथनमा उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउँछन् । पाँचौंदेखि आठौं स्थानसम्म आउनेले क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् । महिला ५ किमि खुलातर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

विद्यालयस्तरीय ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । ह्वीलचेयर रेसतर्फ शीर्ष तीन जनालाई क्रमसः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८५ हजार रुपैयाँ छ ।

कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ ।

नेपालगन्ज उपमहानगरपालिका अगाडि सुरु/समापन गेट रहने आठौं धारा नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित उपमहानगर कार्यालय अगाडि पुगेर सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?