+
+

सरस्वती बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता पढाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १६:१०

२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आंगिक क्‍याम्पस सरस्वती बहुमुखी क्याम्पसले यो शैक्षिक शत्रदेखि चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गर्ने भएको छ ।

पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको र उक्त भेगका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औल्‍याउँदै  क्याम्पसले भर्ना सुरु गरेको क्याम्पस प्रमुख डा.गोलमान गुरुङले अनलाइनखबरलाई बताए ।

क्याम्पस प्रमुख गुरुङका अनुसार अहिले पनि बजारमा पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोलेस्नातक तहमा पत्रकारिता विषयको पढाइ सुरू गरिएको हो ।    सही पत्रकारिताले मात्र समाजलाई सही बाटोमा लैजान सक्ने उनको बुझाइ छ ।

उनले भने, ‘पत्रकारिता विषय सैद्धान्तिक मात्र नभइ व्‍यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनसशक्ति उत्पादन गरी ‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोडिनेछ ।’

‘क्लासरूम’लाई ‘न्युजरुम’सँग जोड्नको लागि पत्रकारितामा स्थापित र पत्रकारिता शिक्षामा अनुभवी प्राध्यापकहरुबाट पठनपाठन हुने उनले बताए । यसवर्ष सीमित कोटामा मात्रै भर्ना लिइने क्याम्पसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?