 
																			२ मंसिर, काठमाडौं । चुनावमा एक मतले समेत जितहार हुन्छ । तर, आइतबार ( मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका हुन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले आफूलाई भोट दिन नपाउनेमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत छन् ।
झापा-५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली भक्तपुर-२ मा रहेकाले उनले आफैंलाई मतदान गर्न नपाउने भएका हुन। चितवनबाट गोरखा-२ गएका प्रचण्डले पनि आफैंलाई मतदान गर्न नपाउने भएका हुन । उनको मतदाता नामावली उनी यसअघि निर्वाचित भएको क्षेत्र चितवन-३ मा रहेको छ ।
पूर्व सभामुख ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न नपाउने भएकी हुन। काठमाडौं-२ मा उम्मेदवार रहेकी घर्तीको मतदाता नामावली रोल्पामा छ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । झापा-३ बाट उम्मेदवार रहेका सिटौलोको मतदाता नामावली भने झापा-१ मा छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन्। मोरङ-६ मा उम्मेदवार रहेका उनको नामावली भने मोरङ-४ मा छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूलाई मत दिन पाउने छैनन् । केसी बाग्लुङ-१ उम्मेदवार छन् भने उनको मतदाता नामावली रुपन्देहीमा छ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउने छैनन्। सप्तरी-२ मा उम्मेदवार रहेका यावदको मतदाता नामावली भने मोरङ-५ मा ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि आफूलाई मत दिन पाउने छैनन् । महोत्तरी-३ बाट उम्मेदवारी दिएका ठाकुरको नामावली सर्लाही-१ मा छ।
त्यस्तै कांग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल, मोहन बस्नेत लगायतले पनि आफूलाई मत दिन नपाउने भएका हुन । डीना मकवानपुर-१ बाट उम्मेदवार छिन् भने उनको मतदाता नामावली मकवानपुर-२मा छ । काठमाडौं-५ मा उम्मेदवार रहेका पौडेलको नामावली तनहुँ-२ मा छ । यसपटक सिन्धुपाल्चोक-२ बाट उम्मेदवार बनेका बस्नेतको नामावली सिन्धुपाल्चोक-१ मा छ ।
माओवादी नेताहरु देवेन्द्र पौडेल र कल्पना धमलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । पौडेल बाग्लुङ-२ बाट उम्मेदवार छन् भने उनको नामावली बाग्लुङ-१ मा छ । काठमाडौं-९ कि उम्मेदवार धमलाको नामावली धादिङ-१ मा छ।
एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि आफूलाई मत दिन नपाउने भएका हुन । मकवानपुर-२मा उम्मेदवार रहेका उनको नामावली भने मकवानपुर-१ मा रहेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पनि आफूलाई मत दिन पाउने छैनन् । पर्सा-१ मा उम्मेदवार रहेका उनको नामावली भने पर्सा-४ मा छ । उनी यसअघि पनि पर्सा-४ बाटै निर्वाचित भएका थिए।
एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत दिन पाउने छैनन् । झापा-१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा-२ मा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन-२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौं-६ मा रहेको छ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4