+
+

स्याङ्जाको चापाकोट र गल्याङमा हवाई फायर, मतदान प्रकिया लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १७:४२

४ मंसिर, पोखरा । स्याङ्जाको चापाकोट र गल्याङमा झडप र विवाद हुँदा प्रहरीले हवाइ फायर गरेको छ ।

चापाकोट नगरपालिका-१ को भानु मावि मतदान स्थलमा दलका प्रतिनिधिबीच विवाद हुँदा झडप नै भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको हो ।

यसैगरी गल्याङ-७ मनहरीखरणक मावि मतदानस्थलमा विवाद भएपछि भीड नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार दुबै ठाउँमा मतदान लम्बिएकाे छ । दुबै ठाउँमा करिब डेढ घन्टा मतदान राेकिएकाे थियाे ।

‘अहिले मतदान सुरू भइसकेको छ । दुई घन्टा जति अझै मतदान सकिन समय लाग्ने देखियो’, सीडीओ क्षेत्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?