+
+

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, रामजनम दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १४:४८

५ मंसिर, कैलाली । कैलाली- १ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् ।

श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार लोकेन्द्र कुँवरले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार टंकप्रसाद जैशी (ढुंगाना)ले ११ मत पाएका छन् ।

कैलाली- १ को मतगणना इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा मत गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?