+
+

मोरङ-५ मा एमालेका बागी योगेन्द्र मण्डलको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:४६

५ मंसिर, विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् ।

१७०० मत गणना हुदा स्वतन्त्र उम्मेदवार मण्डलले १३०० मत पाएका छन्  । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।

क्षेत्र नम्बर ५ को धनपालथान गाउपालिका ४ मा मतगणना जारी छ । मण्डल सोही वडाका बासिन्दा हुन् ।

यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको छ र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

मण्डल जीवन विकास लघुबित्त वितिय संस्थाका संस्थापक अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?