+
+
Shares

मोरङ-५ मा रास्वपा उम्मेदवार आशा झा विजयी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झाले ३० हजार ४३४ मत पाउँदै विजयी भएकी छन्।
  • नेपाली कांग्रेसका फूल कुमार लालबानीले ९ हजार ४१५ मत प्राप्त गर्दा झा र लालबानीबीच मतान्तर २१ हजार १९ रहेको छ।
  • क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेकोमा ७० हजार ५६० मत सदर र ७ हजार ८८९ मत बदर भएको निर्वाचन अधिकृतले जनाएको छ।

२३ फागुन, विराटनगर । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशा झा विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार झाले ३० हजार ४३४ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूल कुमार लालबानीले ९ हजार ४१५ मत मात्र प्राप्त गरे । झा र लालबानीबीचको मतान्तर २१ हजार १९ रहेको छ ।

जनता समाजवादी पार्टीका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डल केवटले ८ हजार ६१४ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत पाएका छन् । राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार योगेन्द्र मण्डलले ४ हजार १९९ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ५ मा ७८ हजार ४४९ मत खसेको थियो । जसमध्ये ७० हजार ५६० मत सदर भएका छन् भने ७ हजार ८८९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?