+
+

प्रचण्डको चुनाव क्षेत्रमा मतगणना सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १९:२६

५ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए ।

गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना थालिएको हो ।

‘एक पटकमा ६ वटा ब्यालेट खोलेका छौ,’ उनले भने, ‘सुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको ब्यालेट खोलेर मतगणनासुरू गरेका हौ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको एकै पटक मतगणना गरिएको उनले जानकारी दिए । गोरखा क्षेत्र-२ मा ५३ हजार ९७८ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?