+
+

पर्सामा जसपाका सिंगासन कलवार प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:३४

६ मंसिर, वीरगञ्ज । पर्सामा जनता समाजवादी पार्टी नेपालले खाता खोलेको छ । पर्सा क्षेत्र नं ४ को प्रदेश सभा-२ बाट जसपाले खाता खोलेको हो ।

जनता समाजवादी पार्टीका सिंगासन सा कलवार १५ हजार ३८५ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए ।

उनको निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुले १२ हजार ६४१ मत ल्याएका छन् । पाँच दलीय लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी नेतृ चाँद तारा कुमारी १ हजार ७६५ मात्रै ल्याएकी छन् ।

2०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट सिंगासन नै निर्वाचित भएका थिए । उनले ११ हजार ७०८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका बशिष्ट नारायण कुर्मीले ६ हजार २७ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?