+
+

उदयपुरबाट प्रदेश सभामा नारायण बुर्जा मगर ३५ मत विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:३३

७ मंसिर, उदउयपुर ।  उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका नारायण बुर्जा मगर विजयी भएका छन् ।

मगरले ८ हजार १ सय ५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्दी एमालेका देवराज राईले ८ हजार ७० मत प्राप्त गरे । मगरले ३५ मतको अन्तरले राईलाई पराजित गरेका हुन् ।

यस प्रदेश सभामा जम्मा १८ हजार ६ सय ९९ मत खसेको थियो । यहाँ मंगोल नेशनल अर्गनाईजेसनका नरबहादुर थापाले ८ सय ६३ मत ल्याएर तेस्रो स्थान प्राप्त गर्दा राप्रपाका माला तामाङ्गले ४ सय ३२ मत ल्याएर चौथो स्थान हासिल गरे ।

त्यस्तै जनता समाजवादी पार्टीका घनश्याम कटुवालले ३ सय ६६ मत ल्याएर अन्तिम पाचौं स्थान प्राप्त गरे ।

यहाँ ५ दलले प्रतिस्पर्धा गरेका थिए ।

मगर यसअघि पनि यहि क्षेत्रबाट निर्वाचित भएका थिए । गएको २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनबाट निर्वाचित वुर्जा मगर यसपटक भने सत्तागठबन्धनको तर्फबाट दोस्रो पटक प्रदेश नम्बर १ को सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?