+
+
Shares

उदयपुरमा विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको त्रियुगा नगरपालिकामा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् ।
  • बिरामीमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने गम्भीर अवस्थाकी २३ वर्षीया हेमा बुढाथोकीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।
  • शनिबार बजारबाट ल्याएको मुसुरोको दाल खाएपछि उनीहरूमा बान्ता र बेहोस हुने लक्षण देखिएको थियो ।

११ जेठ, गाईघाट (उदयपुर) । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ ।

साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरू १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए ।

तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ । तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताएका छन् ।

हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहनुभएको छ भने घरमा हेमासहित छोरा योगेश र नन्दहरू यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरूले बताएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?