+
+
Shares

अपडेट : कटारीमा बन्दुक पड्किंदा ४ मत खसेको मतपेटिकामा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ९:०४

२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ ।

कटारी नगरपालिका-३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली पड्केको थियो ।

इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भइ अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट गोली पड्केको हो ।

गोली पड्किंदा मतपेटिकामा क्षति भएको छ । उक्त मतपेटिकामा ४ वटा मत खसेको थियो । मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

अर्को मतपेटिकामा राखेर अहिले मतदान सुरु भइरहेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्केको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?